आज भोली सधै सधै तिम्रो मात्र आऊछ समझना
यी आँखा बाट बनेर झरी बर्षीनछन रातमा
आज त तिम्रो यादले धेर सतायो घेरेर
सिरनिमा रखेको फ़ोटोले रात बिताय हेरेर ।
उराठ लग्दो बनेको छ यो अध्यारो रात पनि
निदाऊँन खोज़छु देखछु की भनि तिम्रो नै सपनी
तिम्रो नै आत्मा भरेकी मानब हूँ केरे म पनि
आऊछौकी तिमी भनि आश जाग्छ मलाई अझै नि ।
आऊन सानु बोलाऊ मलाई एकफेर ममी भनि
कती धेर रित्तो बन्यो यो मेरो मातृत्वको काख पनि
माफ़ी गर सानु मलाई हेर गल्ती नै भय नी
भरिदेउ मेरो यो रित्तो काख झलमल जुन बनी ।
उजेली मेरी काखकी परी खै कहाँ गयौ नी
मुटुको टुक्रा परान मेरी तिमीमै अडक्यो नी
सनझना तिमलाई छैन र सानु यो मेरो काख को
दुःख र सुख सहेर मैले त्यों सृष्ठी रचेको !
ईश्वर तैले रचेर किन मलाई सिगारीस
हरा र भरा यो मेरो मनलाई खै किन उजडिस
केथियो गल्ती केथियो तेस्तो गरेको बिराम
हे दैब मलाई योबेला किन परेको पिरमा???
संसार जित्नु हे मेरी सानु असल कर्म ले
आशिर्बाद तिमिलाई रक्षाहै गरुन श्री पाथिभरा माताले
यो मेरो मातृत्वको ज़िम्मा माता हजुरलाई सुम्पिय
सत्कर्म र सत्यको बाटो देखाई माता आशीष दिनु ती दिब्य हातले ।
हे मेरो सानु संसार जित्नु असल ज्ञान ले
ती तिम्रा पहिला अगाड़ी बढुन पौरखी कामले
चम्कनु तिमी लाखौको भिडमा चन्द्रमा बनेर
लम्कनु तिमी ताराको भिडमा तेजस्वी सुर्यझै बनेर !
रात बित्यो सानु तीनपहर गयो तिम्रो नै याद ले
शुभमा शुभ आशिर्बाद तिमलाई समझींउन सराले!
No comments:
Post a Comment