Sunday, January 22, 2023

मेरो नानु तिमी संसार जित्ने बन्नु …..


आज भोली सधै सधै तिम्रो मात्र आऊछ समझना

यी आँखा बाट बनेर झरी बर्षीनछन रातमा

आज त तिम्रो यादले धेर सतायो घेरेर

सिरनिमा रखेको फ़ोटोले रात बिताय हेरेर ।


उराठ लग्दो बनेको छ यो अध्यारो रात पनि 

निदाऊँन खोज़छु देखछु की भनि तिम्रो नै सपनी 

तिम्रो नै आत्मा भरेकी मानब हूँ केरे म पनि 

आऊछौकी तिमी भनि आश जाग्छ  मलाई अझै नि ।


आऊन सानु बोलाऊ मलाई एकफेर ममी भनि 

कती धेर रित्तो बन्यो यो मेरो मातृत्वको काख पनि 

माफ़ी गर सानु मलाई हेर  गल्ती नै भय नी 

भरिदेउ मेरो यो रित्तो काख झलमल जुन बनी ।


उजेली मेरी काखकी परी खै कहाँ गयौ नी 

मुटुको टुक्रा परान मेरी तिमीमै अडक्यो नी 

सनझना तिमलाई छैन र सानु यो मेरो काख को 

दुःख र सुख सहेर मैले त्यों सृष्ठी रचेको !


ईश्वर तैले रचेर किन मलाई सिगारीस 

हरा र भरा यो मेरो मनलाई खै किन उजडिस

केथियो गल्ती केथियो तेस्तो गरेको बिराम 

हे दैब मलाई योबेला किन परेको पिरमा???


संसार जित्नु हे मेरी सानु असल कर्म ले 

आशिर्बाद तिमिलाई रक्षाहै गरुन श्री पाथिभरा माताले

यो मेरो मातृत्वको ज़िम्मा माता हजुरलाई  सुम्पिय 

सत्कर्म  र सत्यको बाटो देखाई माता आशीष दिनु ती दिब्य हातले ।


हे मेरो सानु संसार जित्नु असल ज्ञान ले 

ती तिम्रा पहिला अगाड़ी बढुन पौरखी कामले 

चम्कनु तिमी लाखौको भिडमा चन्द्रमा बनेर 

लम्कनु तिमी ताराको  भिडमा तेजस्वी सुर्यझै बनेर !


रात बित्यो सानु तीनपहर गयो तिम्रो नै याद ले 

शुभमा शुभ आशिर्बाद तिमलाई समझींउन सराले!



Saturday, January 7, 2023

आमा थाकीसके म के गरू?

 संघर्ष गर्न सिकायौ मेहनती बन्न सिकायौ 

दुइ चार अक्षर पढ़न अनी लेखन सिकायौ 

सबैको इज्यत अनी सम्मान गर्न पनि तिमिले सिकायौ 

तेसैलेत आमा आज दुई छाक पेट भरी खान सकने भको छु !


आफनै कती सपना बिर्सेर त कती सपनाहरू कुलचेर 

अफ़नाहरूको सपना सजायको छु  

यसको परिणाम पनि भोगे आमा 

आज एक्लो र निराश जीवनले घेरियको छु !


साथी छ त मेरो तेही खुल्ला अकास छ 

तेही आकाशका जुन अनी तारा छ 

झ्याल बाट तिनैलाई चिहाउचु अनी मनका पीड़ा सुनाउछु

तेसैले त आमा आज भोली झ्यालमा पर्दा लगाऊँन डराऊँछु !


यकोहोरो म पीड़ा पोख़िरहनछु तीन लाई आमा 

क़ेही बोलदैन सायद त्यों आकाशको पनि मौन समर्थन छ 

मेरो रोदनमा आखा बाट आशु बर्षीरहनछ 

अनी यो सिरनी पिइ रहनछ !


कहिले सोचछु मेरो कर्म खोटी रहिछ की आमा 

यति कर्म गर्दा पनि चाहेजस्तो भग्य बनाऊँन सकिन 

कर्म गर्न पछी पछी दौडेकै छु म समयको 

तर समय मलाई झन किन दुरी बड़ाई रहनछ ?


 यही समय जुन तारा अनी आकाश सित प्र्श्न सोधछु

समय किन म बाट टाढा टाढा भागी रहनछ?

एकोहोरो हेरी रहनछन तिनी मलाई 

म पर्खी रहनछु नत उत्तर क़ेही आऊछ?


 फेरी बिहान सुर्यका सुनौलो किरण संगै जाग्छु 

सुर्य जस्तै गतिमा अफना संघर्ष मिलाऊँन त खोजछु

फेरी साँझ पर्छ आमा तिनै तारा जुन र अकास संगै 

आफुलाई एक्लो र उराठ पाउछु !


तेसकारण आमा..    

यो संसार को क्षणिक मोह र रमझम बाट थाकी सके म 

पेट भर तिम्रो कखमा निदाऊँन मन छ आमा 

अब कहिल्यै नफ़र्किने गरी ….

यो सुनसान र एक्लो रात अब कहिले पनि नभेटने गरी ……..




Tuesday, June 7, 2022

अझै धेरै पौरखी बालेन र हर्कहरू माग…..!

 बसन्तको सुरुवाती मौषम जस्तै बनि यहाँ

छिन छिन मा परिवर्तनशिल

यो राजनीतिक चरित्र देखी दिक्क यो दुनिया 

हुदैछ की चेतनशिल ??


कहिले हावा र हुण्डरीको चक्कर ले  

घुमाय झै फनफनी

कहिले असिना, पानी र चट्याङको त्रासले

निदाउनै नसकिने गरी जगाऊछ रातभरी !!


छिन छिने मौषमी बदलाब झै देखिने

यो अत्यास लग्दो फोहोरी दलबादी खेलले

दुःखको पोल्टो भरी चैनको सास फेर्न नी गारोभो

बगाउने हुनकी ती साना-साना सपना तिनैका स्वार्थी झेलले ॥


क्षणभरका लागी धेरैनै सपनका सांसर बुनिंनछन् 

देश बनाउने संकल्प बोक्नेहरू बाट

क्षणभरमै संकल्पत खोसियो रे भन्ने सुनिंछन् 

शक्ति संगठीत तिनै दलहरू बाट ॥


लक्ष त सबैको सुनिन्छ समृद नेपाल बोकेको 

टिक्ने होईन कहिलै ती बर्षदिन

कसको खै के स्वार्थ र उद्देश्यले हो रोकेको

नित्कृष्ट शब्दले दोशारोपण हुन्छन्  फेरी अर्थहीन ॥


माखो सम्म मार्ने होईन यिनले आफु सत्तमा आय पनि

कुनखाले मनोबल लियर काम  गरोसर  बिचरो

कालको बरु भरछ तर यिनको त छर्लगै छ जाने मिती फेरी

आफ्नै हितमा लाग्न बरू सजीलो यिनलाई तिनै जनता निचरो ॥


हे भेडा जनताहो जागन अब त जाग …….,

ती थाकित र फोहोरी रूपलाई डम्पिंग साइडमा राख

नयाँ नयाँ सोच अनी जागरूक बालेनहरू माग……,

अझधेरै पौरखी हर्कहरू माग……..॥


हे भेडा जनताहो जागन अब त जाग ……,

यि दैध चरित्र बोक्नेहरूको अन्त्य गर्न तीर लाग

अझै धेरै पौरखी बालेन र हर्कहरू माग

फेरी पनि येस्तै पौरखी बालेन र हर्कहरू माग॥


मेरो नानु तिमी संसार जित्ने बन्नु …..

आज भोली सधै सधै तिम्रो मात्र आऊछ समझना यी आँखा बाट बनेर झरी बर्षीनछन रातमा आज त तिम्रो यादले धेर सतायो घेरेर सिरनिमा रखेको फ़ोटोले रात बिताय...