संघर्ष गर्न सिकायौ मेहनती बन्न सिकायौ
दुइ चार अक्षर पढ़न अनी लेखन सिकायौ
सबैको इज्यत अनी सम्मान गर्न पनि तिमिले सिकायौ
तेसैलेत आमा आज दुई छाक पेट भरी खान सकने भको छु !
आफनै कती सपना बिर्सेर त कती सपनाहरू कुलचेर
अफ़नाहरूको सपना सजायको छु
यसको परिणाम पनि भोगे आमा
आज एक्लो र निराश जीवनले घेरियको छु !
साथी छ त मेरो तेही खुल्ला अकास छ
तेही आकाशका जुन अनी तारा छ
झ्याल बाट तिनैलाई चिहाउचु अनी मनका पीड़ा सुनाउछु
तेसैले त आमा आज भोली झ्यालमा पर्दा लगाऊँन डराऊँछु !
यकोहोरो म पीड़ा पोख़िरहनछु तीन लाई आमा
क़ेही बोलदैन सायद त्यों आकाशको पनि मौन समर्थन छ
मेरो रोदनमा आखा बाट आशु बर्षीरहनछ
अनी यो सिरनी पिइ रहनछ !
कहिले सोचछु मेरो कर्म खोटी रहिछ की आमा
यति कर्म गर्दा पनि चाहेजस्तो भग्य बनाऊँन सकिन
कर्म गर्न पछी पछी दौडेकै छु म समयको
तर समय मलाई झन किन दुरी बड़ाई रहनछ ?
यही समय जुन तारा अनी आकाश सित प्र्श्न सोधछु
समय किन म बाट टाढा टाढा भागी रहनछ?
एकोहोरो हेरी रहनछन तिनी मलाई
म पर्खी रहनछु नत उत्तर क़ेही आऊछ?
फेरी बिहान सुर्यका सुनौलो किरण संगै जाग्छु
सुर्य जस्तै गतिमा अफना संघर्ष मिलाऊँन त खोजछु
फेरी साँझ पर्छ आमा तिनै तारा जुन र अकास संगै
आफुलाई एक्लो र उराठ पाउछु !
तेसकारण आमा..
यो संसार को क्षणिक मोह र रमझम बाट थाकी सके म
पेट भर तिम्रो कखमा निदाऊँन मन छ आमा
अब कहिल्यै नफ़र्किने गरी ….
यो सुनसान र एक्लो रात अब कहिले पनि नभेटने गरी ……..
No comments:
Post a Comment